logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन : महासचिव पोखरेल

    नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन : महासचिव पोखरेल

    553
    Shares
    नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बाउन आवश्यक नरहेको बताए । उनले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताए । उनले मानिसहरले खेती गर्न छोडेसँगै जनावहरु सो क्षेत्रमा वनको रुपमा उपयोग गरी बस्न थालेको बताए ।

    उनले वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनाइ रहन आवश्यक नरहेको बताए ।

    उनले भने, ‘हाम्रो प्रकृति यस्तो छ, जहाँ बोटबिरुवा उम्रिहाल्छ, हरियाली क्षेत्र बढिहाल्छ । अब एक प्रकारले भन्नुहुन्छ भने नेपालमा वन क्षेत्र बढाउने भन्नेखालको योजना जरुरी छैन । किनकी त्यो जनावरहरुले नै बढाइदिएको बढाइदिएकै छन् । मान्छेले खेती गर्न छोडेपछि त वन क्षेत्र त बढेको बढ्यै छ । किनकी जनावरले उत्पादन खाइदिएपछि किन खेती गरिरहने ? खेती गर्न छोडेपछि वन जंगल हुर्किहाल्छ ।

    हाम्रो प्रकृति नै उर्वरा प्रकृति छ । त्यस अर्थमा वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनिरहनु पर्छ भन्ने लाग्दैन । तर विगतमा हामीले संरक्षण नै मुख्यकुरा भन्ने अवस्थामा थियो भने अब कति आवश्यक हो भन्नेकुराको विश्लेषण आवश्यक छ ।’

    महासचिव पोखरेलले जनावर र मानवबीचको द्वन्द्वलाई सही रुपमा व्यवस्थापन गर्न नसके विष्फोटक रुप लिने जिकिर गरे । उनले प्रकृतिको लाभ कम देख्न थालेपछि प्रकृतिको संरक्षण हुन नसक्ने बताए । उनले अरुका लागि प्रकृति संरक्षण गर्ने नभइ आफ्ना लागि गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend