बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा मोहम्मद युनुसले शपथ लिए

बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा मोहम्मद युनुसले शपथ लिए

काठमाडौं । बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुखको शपथ ग्रहण गरेका छन् । राजधानी ढाकास्थित राष्ट्रपति भवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले युनुस र नयाँ अन्तरिम सरकारका अन्य सदस्यलाई शपथ गराएका हुन् ।

मुख्य सल्लाहकारका रूपमा युनुसको भुमिका प्रधानमन्त्रीजस्तै रहेको बताइएको छ । अन्तरिम सरकारमा १६ जना थपिएका छन् । युनुस बिहीबार दिउँसो ढाका पुगेका थिए । विमानस्थलमा सम्बोधन गर्दै उनले देशलाई अराजकता र हिंसाबाट जोगाउन आह्वान गगरे । बुधबार राष्ट्रपतिका प्रेस सचिव मोहम्मद जोयनल अबेदिनले युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा काम गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति शाहबुद्दिनले मंगलवार संसद भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend