logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनकपुर धाममा झुलन महामहोत्सवको रौनक

    जनकपुर धाममा झुलन महामहोत्सवको रौनक

    413
    Shares
    जनकपुर धाममा झुलन महामहोत्सवको रौनक

    जनकपुर । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा झुला महामहोत्सवको रौनक शुरु भएको छ । चर्चित संस्कृति र पर्व मध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरु संगीतमय बनेका छन् ।

    झुलन उत्सवमा सहभागी हुन नेपाल र सीमावर्ती भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् । मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत संगीतले सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ ।

    जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीताको मूर्ति राखि झुलाउने परम्परा रहेको छ ।

    मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झुला उत्सव साउन तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । झुला उत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणीक मान्यता रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend