logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक

    ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक

    945
    Shares
    ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक

    काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो ।

    पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरुमा लेखेका लेख तथा रचनाहरुलाई छानेर समावेश गरिएको छ ।

    पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्ष पुगिसक्नुभएको रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरुमा र लेखनमार्फत देशलाई योगदान पुर्याएको भन्दै सम्मान व्यक्त गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताए । रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उनले बताए ।

    उनले भने – ‘एउटा व्यक्तिले कति वर्ष बाँच्यो भन्ने कुरा जति महत्वपूर्ण हुन्छ । बाँचेको जिन्दगी बेदाग बाँच्यो भन्ने कुरा चाहीँ भयंकर कुरा हुन्छ । बाँच्दै गर्दा उचाईमै पुग्यो रे ।

    ठूलो जिम्मेवारीमा पुग्यो रे तर पर परबाट हेर्दा टल्किने दागहरु भन्दा लेखनको जिन्दगी, इमानको जिन्दगी बाँचिराखेर, बेदाग रुपमा मान्छेका सामुन्य हात हल्लाउन सक्ने जिन्दगी सबैभन्दा बहुमुल्य हुन्छ । त्यो बहुमुल्य जिन्दगी आदरणीय भैरव दाईले बाँच्नुभएको छ । म हृदयदेखि श्रद्धा गर्न चाहन्छु ।’

    रिसालले अझैपनि सक्रिय जीवन व्यतित गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरुले विश्वास व्यक्त गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend