logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ‘जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो’

    ‘जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो’

    364
    Shares
    ‘जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो’

    गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने “जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।”

    उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरेपनि नेपालका लागि भने त्यो नौलो होइन भने । “मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि नेपाली कांग्रेस र एमालेबीचमा सहकार्य भएको थियो”, उनले भने, “मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको हो ।”

    वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिनुहुँदैन भने ।

    उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताए । उनले भने, “लोकतन्त्र र गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरु असफल भएमा प्रतिगमनकारीले टाउको उठाउने जोखिम हुन्छ , यसतर्फ हामी सचेत बन्नुपर्छ ।”

    मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्छ भने । पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उहाँले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend