logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सातै प्रदेशमा क्यान्सर अस्पताल खोल्दै बिपी कोइराला मेमोरियल

    सातै प्रदेशमा क्यान्सर अस्पताल खोल्दै बिपी कोइराला मेमोरियल

    819
    Shares
    सातै प्रदेशमा क्यान्सर अस्पताल खोल्दै बिपी कोइराला मेमोरियल

    काठमाडौँ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालको प्रमुख क्यान्सर केयर सेन्टर तथा अस्पतालमध्ये एक हो ।

    आजभन्दा दुई दशकअघि नेपालमा क्यान्सरको उपचार निकै झन्झटिलो र सबैको पहुँचमा थिएन। क्यान्सरको निदान र उपचार गर्ने स्वास्थ्य संस्थाहरु निकै कम थिए। क्यान्सरको सामान्य उपचार गर्न पनि भारत या अन्य बाहिरी देश जानुपर्ने बाध्यता थियो।

    नेपालमै क्यान्सर रोगको सहज उपचारका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अग्रसरता लिएका थिए। सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री कोइराला र तत्कालीन चिनियाँ प्रधानमन्त्री लि पेङबीच क्यान्सर अस्पताल बनाइदिने सम्झौता भएको थियो।

    सोही अनुसार २०५३ सालमा शिलन्यास भएको अस्पतालको २०५७ साल असोज १० उद्घाटनपछि सेवा दिँदै आएको छ ।

    चितवनबाट मात्रै सेवा दिँदै आएको अस्पताले अब सातै प्रदेशमा सेवा विस्तार गर्दै छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको हो ।अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए ।

    हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो ।

    कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ ।

    कार्यकारी निर्देशक डा पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिने छन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन हुनेछ ।

    स्थापनाको २७ वर्षपछि सबै प्रदेशमा अस्पतालले सेवा विस्तार गर्ने योजना ल्याएको हो । अहिले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न पुग्ने बिरामीको संख्या वर्षेनी बढ्दो छ। चितवन सहित कपिलवस्तु, सप्तरी, सर्लाही, झापा लगायतका जिल्लाबाट बिरामीहरु उपचारका लागि पुग्छन्।

    अब सबै प्रदेशमा सेवा विस्तारपछि भने सहज हुनेछ । उपचारका लागि चितवन नै पुग्नु पर्ने बाध्यता हट्ने छ । बिरामीहरुले सहजै उपचार पाउने अवस्था हुने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend