logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

    समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

    427
    Shares
    समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन् । ललितपुरमा आईतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे । उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताए ।

    मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्व दिन नसकेको बताए । उनले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताए ।

    उनले भने, ‘अहिले विद्यालयमा खेलकुदहरु छैनन् । डिजिटल गर्दा बिस्तारै बिस्तारै खेलकुद हट्दै गएको छ । स्कुलमा खेलकुद गराउँदैन । किनभने पहिला पहिला खेलकुदको साधन हुन्थ्यो । खेल्ने ठाउँ हुन्थ्यो, अहिले खेलकुद छैन । भएको खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ । डिजिटल गर्नुस् तर त्यसको विकृति र विसंगतिलाई पनि नियन्त्रण गर्नुस् ।

    जबसम्म शिक्षा र खेलकुद एउटै मन्त्रालयमा हुन सकेन भने काम हुँदैन । विद्यार्थीलाई खेलकुदमा जोड्न सक्नुभएन भने, विद्यार्थीलाई त्यसमा कुदाउन, उफार्न नसके पढाई कमजोर हुन्छ । विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो । उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन । अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका छौँ ।’

    खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताए । उनले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताए । उनले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताए । उनले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गर्नुभयो । उनले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend