logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

    गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

    399
    Shares
    गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको छ ।

    अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका थिए । आक्रमण हुँदा ठूलो संख्यामा हताहत भएको थियो ।

    इजरायली लडाकु विमानहरूले गाजा शहरको पूर्वमा रहेको विद्यालयमा तीनवटा रकेटसहित बमबारी गरेको र सहरको अहली अरब अस्पतालमा पठाइएका अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

    हमासले उक्त हत्याको निन्दा गरेको छ । इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend