logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल निर्मित मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सघाउने, सम्झौतामा भयो हस्ताक्षर

    नेपाल निर्मित मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सघाउने, सम्झौतामा भयो हस्ताक्षर

    469
    Shares
    नेपाल निर्मित मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सघाउने, सम्झौतामा भयो हस्ताक्षर

    काठमाडौं । भारतको विदेश मन्त्रालय र आइएसआरओको वाणिज्य शाखा न्यू स्पेस इन्डिया लिमिटेडले नेपाल निर्मित मुनाल स्याटेलाइट प्रक्षेपणका लागि सहयोग गर्ने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेको मन्त्रालयद्धारा सार्वजनिक गरिएको आधिकारिक विज्ञप्तिमा उल्लेख छ । मुनाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा नेपालमा विकसित गरिएको स्वदेशी उपग्रह हो ।

    अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) र नेपाली अन्तरिक्ष स्टार्टअपले नेपाली विद्यार्थीहरूलाई यो भूउपग्रहको डिजाइन र निर्माणमा सहयोग गरेको छ । उपग्रहले पृथ्वीको सतहको वनस्पति घनत्व र डाटाबेस निर्माण गर्ने लक्ष्य राखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    एमओयूमा एमईएका सहसचिव अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नास्टका सचिव रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका प्रवक्ता सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) का संस्थापक आभास मास्केलगायतको उपस्थिति थियो ।

    सातौं संयुक्त आयोगको बैठकको सहअध्यक्षताका लागि विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा उनले जनवरी ४ मा एनएआइएल र नास्टबीच भएको मुनाल स्याटेलाइटको प्रक्षेपण सेवा सम्झौताको आदानप्रदान गरेका थिए । यो स्याटेलाइट एनएसआइएलको पोलर स्याटेलाइट प्रक्षेपण वाहनमा छिट्टै प्रक्षेपण हुने अपेक्षा गरिएको विज्ञप्तिमा भनिएको छ ।

    पृथ्वीको सतहको वनस्पति घनत्व डाटाबेस निर्माण गर्ने लक्ष्य राखेको मुनाल स्याटेलाइट नेपालमा नास्टको सहयोगमा विकसित गरिएको उपग्रह हो । नेपाली स्टार्टअप एपीएनले नेपाली विद्यार्थीहरूलाई स्याटेलाइटको डिजाइन र निर्माणमा सहयोग गरेको छ ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो स्याटेलाइट छिट्टै एनएसआईएलको पोलार स्याटेलाइट प्रक्षेपण वाहनमा प्रक्षेपण हुने अपेक्षा गरिएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend