logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

    बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

    665
    Shares
    बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

    नेपालगञ्ज । बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब छसय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी सङ्कलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताए । प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।

    “अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,” प्रनाउ डाँगीले भने । प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी सङ्कलन गरेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend