logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भारतीय विदेश सचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

    भारतीय विदेश सचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

    427
    Shares
    भारतीय विदेश सचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

    काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन् ।

    दुई दिने नेपाल भ्रमणको क्रममा आईतबार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरेका हुन् ।

    सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । त्यस्तै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    विदेश सचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो । आज साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिश्रीलाई रात्रीभोज दिने कार्यक्रम पनि छ । सोमवार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी सोमवार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend