शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

जयपृथ्वी राजमार्ग अवरुद्ध

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बैतडीको सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन् । सयौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । “वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ”, उनले भने ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend