logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नयाँ युवा नीति आवश्यक छ : राष्ट्रपति पौडेल

    नयाँ युवा नीति आवश्यक छ : राष्ट्रपति पौडेल

    378
    Shares
    नयाँ युवा नीति आवश्यक छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यकता भएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको बताए ।

    उनले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सिमितता, व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सिमितता रहेको बताए ।

    उनले यि चुनौतिलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तित स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य, मान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना जागृत गराउनुपर्ने बताए ।

    उनले वातावरणीय सम्पदाको संरक्षण र संवद्र्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आवश्यकताको परिपूर्ति, समानता एवं समतामुलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक रहेको बताए ।

    राष्ट्रपति पौडेलले युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गरे । उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्नसके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने जिकिर गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend