सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

अर्थमन्त्री पौडेल र भारतीय विदेशसचिव मिस्रीबिच शिष्टाचार भेटवार्ता

अर्थमन्त्री पौडेल र भारतीय विदेशसचिव मिस्रीबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबिच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबिचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्माओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend