logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • इजिप्ट राष्ट्रपतिद्वारा पेरिस २०२४ ओलम्पिकमा पदक जित्ने खेलाडीको प्रशंसा

    इजिप्ट राष्ट्रपतिद्वारा पेरिस २०२४ ओलम्पिकमा पदक जित्ने खेलाडीको प्रशंसा

    490
    Shares
    इजिप्ट राष्ट्रपतिद्वारा पेरिस २०२४ ओलम्पिकमा पदक जित्ने खेलाडीको प्रशंसा

    काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले पेरिस २०२४ ओलम्पिक खेलकुदमा आधुनिक पेन्टाथलनमा स्वर्ण, भारोत्तोलनमा रजत र फेन्सिङमा कास्य जित्ने तीन इजिप्टका पदक विजेताहरूलाई आइतबार बधाई दिएका छन् ।

    सिसीले तीन ओलम्पिक पदक विजेतालाई सम्बोधन गर्दै इजिप्टको नाम ठूलो उचाईमा पुर्याएकोमा खुशी व्यक्त गरे । इजिप्टका आधुनिक पेन्टाथलीट अहमद एल्गेन्डीले पेरिस २०२४ मा स्वर्ण पदक जिते ।

    उनले टोकियो २०२० मा रजत जितेका थिए । रियो २०१६ ओलम्पिकमा महिला ६९ केजी तौल समूहमा कास्य पदक जितेकी २६ वर्षीया महिला भारोत्तोलक सारा अहमद रजत पदक प्राप्त गरिन् । यसैबीच २१ वर्षीय फेन्सर मोहम्मद एल्सायदले आफ्नो देशलाई पेरिस २०२४ को पुरुष फेन्सिङमा कास्य पदक दिलाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend