काठमाडौँ । लामो समयपछि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २९ सय अंक कटेको छ । सेयर बजार सूचक ४३ अंक बढेर २९ सय ४ अंकमा पुगेकोे छ ।
सेयर बजार बढेसँगै १८ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार १ सय ५७ कम्पनीको सेयर मूल्य बढ्दा ८३ को घटेको छ । सोमबार सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अवस्था हेर्दा बजारले सोमाबार पनि नयाँ रेकर्ड बनाउने संभावना देखिएको छ ।
जतिबेला नेप्से सूचक अल टाइम हाई झण्डै ३२ सयको अंकमा पुगेको थियो ।