काठमाडौं । विश्व हात्ती दिवसको उपलक्ष्यमा म्यानमारको याङ्गुन चिडियाखानाले आईतवार एक विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
प्राणीहरूको संरक्षणको बारेमा सचेतना जगाइ हात्ती दिवस मनाइएको हो । यद्यपि विश्व हात्ती दिवस आधिकारिक रूपमा आज (सोमवार) हो ।
चिडियाखानाका अधिकारीहरूले आइतवार सार्वजनिक बिदा दिएकाले सोही दिन मनाएको बताए । याङ्गुन चिडियाखाना चार हात्तीहरूको घर हो । ती मध्ये मो मो, सबैभन्दा पुरानो एशियाली हात्ती भएको बताइएको छ ।
मो मो सन् १९६१ मा याङ्गुन चिडियाखानामा ल्याइएको थियो । उनी त्यो बेलामा करिव सात वर्षकी थिइन् । उनी अहिले लगभग ७१ वर्षकी भइसकेको बताइएको छ । अगस्ट १२ मा विश्व हात्ती दिवस मनाउने गरिन्छ ।