logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नवीकरण नभएपछि प्रधानमन्त्री भेट्न पुगे क्रसर उद्योगी, ४ अर्ब लगानी जोखिममा

    नवीकरण नभएपछि प्रधानमन्त्री भेट्न पुगे क्रसर उद्योगी, ४ अर्ब लगानी जोखिममा

    525
    Shares
    नवीकरण नभएपछि प्रधानमन्त्री भेट्न पुगे क्रसर उद्योगी, ४ अर्ब लगानी जोखिममा

    काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफ्ना उद्योगहरूको नवीकरणमा समस्या भएको जानकारी दिएको छ । उद्योग नविकरणमा समस्या आएपछि महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

    महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिहरू सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दर्ता भएका ७ सय क्रसर तथा बालुवा उद्योगहरूको समस्या समाधान गर्न विगतकै मापदण्डका आधारमा उद्योग नवीकरण गराउन माग गरेका छन्।

    उनीहरूले वातावरणसम्बन्धी मापदण्ड २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड २०७१ का आधारमा उद्योगहरू सञ्चालन भएको भन्दै २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघले जनाएको छ ।

    महासंघले उद्योगहरूको नवीकरण नहुँदा उद्योगीको ४ अर्ब रुपैयाँ लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

    यो पनि :

    क्रसर तथा खानी उद्योग व्यवसायीहरुको आन्दोलन स्थगित, सरकारसँग तीन बुँदे सहमती

    दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

    मन्त्रिपरिषद्बाट निर्णय गरेर नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने तयारी

    क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा

    क्रसर उद्योगहरु नविकरण गरी तत्काल सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीहरुको माग

    क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः सीताराम न्यौपाने

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend