logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दोस्रो चरण आर्थिक सुधारको नेतृत्व कांग्रेसले लिनुपर्छ : सांसद विनोद चौधरी

    दोस्रो चरण आर्थिक सुधारको नेतृत्व कांग्रेसले लिनुपर्छ : सांसद विनोद चौधरी

    546
    Shares
    दोस्रो चरण आर्थिक सुधारको नेतृत्व कांग्रेसले लिनुपर्छ : सांसद विनोद चौधरी

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा राखेको धारणाबारे कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली कांग्रेसको इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकेको बताए । उनले संकुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्नेगरी नेपाली कांग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको बताए ।

    उनले कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको बताए । अब कांग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको सांसद चौधरीको धारणा थियो ।

    उनले अब नेपाली कांग्रेसले राजनीतिक आन्दोलन मात्रै नभई आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी रहेको बताए । उनले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अल्मलिन नहुने उल्लेख गरे ।

    सांसद चौधरीले ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला निराश र त्रसित रहेको बताए । उनले कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्छन् भन्ने कुरामा समेत अन्योल रहेको बताए । उनले अब निजी क्षेत्रको लिड गर्ने पार्टी काँग्रेस बन्ने अवसर गुमाउन नहुने बताए ।

    उनले भने, ‘कृषिको उत्पादन दिनप्रतिदिन कम हुँदै जाँदा जीडीपीमा यसको अंश २५ प्रतिशत घटेको छ भने कृषिमा निर्भर जनसंख्याको अनुपात अझै ५० प्रतिशतभन्दा बढी छ । यसले कृषि क्षेत्रमा जोडिएका जनताहरुको अवस्था कमजोर बन्दै गएको तथ्यलाई स्थापित गर्दछ ।’

    उनले कृषिसँग प्रत्यक्ष जोडिएको मल समयमै नपाउनुपर्ने परिस्थिति आउनु दुर्भाग्य भएको बताए । उनले मलको अभाव कहिल्यै हुन नदिन पेट्रोलियम पदार्थमा जस्तै सिधै जिटुजीमार्फत आयात गर्ने व्यवस्था गरी मलको अभाव हुन नदिन नहुने बताए । उनले लामो अस्थिरतापछि अहिले स्थायी सरकार बन्ने लक्षण देखिएको बताए ।

    उनले दुई ठूला राजनीतिक दलहरु मिलेर स्थायी सरकार बन्न लागेकाले सबैमा उत्साह र आत्मबल बढेको बताए ।

    उनले भने, ‘दुई वर्षदेखि राजश्वको वृद्धिदर २० प्रतिशत हुने गरेको थियो । तर त्यो भएको छैन । त्यो नहुनु भनेको अर्थतन्त्र संकुचित हुँदै गएको देखिनु हो । डेढ लाख भन्दा बढी विद्यार्थी विदेशमा डेढ खर्ब राज्यको खर्च गरेर गएका छन् । १ करोड भन्दा बढी नेपालीहरु बाहिर गइसकेका छन् ।

    विमानस्थलमा ६ महिनाको साना नानी छाडेर जानुपर्दाको हृदय विदारक पीडा मैले पनि देखेको छु । युवाहरु विदेशमा कुनै खुशी भएर गएका होइनन् । मुलुकमा रेमिट्यान्स धेरै आउँछ तर त्यसभित्र सामाजिक द्वन्द्व ,सामाजिक पीडा र विचलन पनि लुकेको छ ।’

    उनले वर्तमान सरकारले पुराना एजेण्डाहरुलाई छिटो सल्टाउँदै नागरिक र आम उद्योगी व्यवासायीहरुलाई नयाँ आशाको किरण दिन सक्नुपर्ने धारणा राखे । सांसद चौधरीले मुलुकको राजश्व र निर्यात घटेको भन्दै उत्पादन, राजश्व र आयात घट्नुले खपत घटेको बताए ।

    उनले सरकारले राजश्वका दरहरुलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साटो सरकार अन्य विभिन्न दलीलका आधारमा व्याख्या गर्ने काममा लागेको आरोप लगाए । उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार अगाडि बढे र अन्तरविरोध हटाउनसके मुलुकका लागि खुशीको कुरा हुने बताए ।

    उनले नयाँ लगानीका जतिसुकै आँकडा बाहिर आएपनि पुराना लगानीहरुलाई जेनतेन सम्पन्न गर्नेबाहेक नयाँ लगानीको शुरुवात हुन नसकेको समेत बताए । उनले भ्यालु चेन र सप्लाइ चेन विखण्डित हुँदा मुलुकका राजश्व घटेको बताए । उनले एकातर्फ कुल बजेट रकममध्ये विकास खर्चको अनुपात न्युन रहेको बताए ।

    उनले हालसालै सदनबाट पारित बजेटमा पनि विकास खर्च ३ खर्ब ५२ अर्ब मात्र विनियोजन भएको बताए । उनले सरकारको विनियोजित रकमको खर्च पनि दयनीय रहेको बताए ।

    उनले ठूला—ठूला परियोजनाको काम अपेक्षाकृत हुन नसक्नु र नयाँ क्षेत्रमा लगानी हुन नसक्नु नै गम्भिर विषय भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend