logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठक : सरकार सफल बनाउनेमा जोड, संविधान संशोधनको कुराप्रति चासो

    कांग्रेस केन्द्रीय समिति बैठक : सरकार सफल बनाउनेमा जोड, संविधान संशोधनको कुराप्रति चासो

    609
    Shares
    कांग्रेस केन्द्रीय समिति बैठक : सरकार सफल बनाउनेमा जोड, संविधान संशोधनको कुराप्रति चासो

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरुले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

    केही दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै नेताहरुले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    सोमबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुले सरकारलाई असफल हुने छुट नभएको धारणा राखेका बताए । उनले कांग्रेसका मन्त्रीहरुले सुशासनको विषयमा खरो रुपमा उत्रिएर सरकारमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा पनि कांग्रेसका नेताहरुले जोड दिएका बताए ।

    त्यसैगरी केन्द्रीय सदस्यहरुले पार्टीको महासमिति बैठकमा आएका सुझावहरुको प्रतिविम्बको रुपमा केन्द्रीय समितिको निर्णय आउनुपर्ने पनि बताएका थिए । नेताहरुले पार्टी संगठनलाई बलियो बनाउने र आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी अघि बढ्नुपर्ने पनि बताएका थिए ।

    प्रवक्ता महतले गठबन्धन सरकार बनाउँदा गरिएको सहमतीमा संविधान संशोधनको बुँदा पनि समेटिएको भन्दै नेताहरुले संविधान संशोधनको रुप कस्तो हुने भनेर चासो पनि राखेका जानकारी दिए । समावेशिताको मर्म र भावनालई कमजोर नगरी संशोधन गर्नुपर्नेमा नेताहरुले जोड दिएका उनको भनाई छ ।

    उनले भने – ‘गठबन्धन सरकार सफल हुनुपर्छ । असफल हुने सुविधा हामीलाई छैन । तर सँगसँगै जागरुक हुनुपर्छ कि हाम्रो जुन मुल्य र मान्यताहरु छन् । सुशासनका विषयहरु छन् । यसमा खरो उत्रिएर सरकारमा बसेर सशक्त भुमिका निर्वाह गर्नुपर्छ नेपाली काँग्रेसका मन्त्रीहरुले गर्नुपर्छ भन्नेकुरा आएको छ ।

    महासमितिमा जुन मत सुझावहरु आए त्यसको सही प्रतिबिम्ब निर्णयमा हुनुपर्छ । पार्टीलाई बलियो बनाउनेतिर सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । पार्टीभित्र एकता र एक्शनमा पनि एकता देखिन सक्यो भने मात्रै आगामी निर्वाचनमा हामी सशक्त ढंगले प्रतिपक्षसँग मुकाबिला गर्न सक्छौँ र बहुमत ल्याउने अवस्थामा आउन सक्छौँ ।

    महामन्त्रीहरुले राखेको विरोधाभाषा कुराहरुलाई सुधार गर्नुपर्छ भन्ने स्पष्ट रुपमा राख्नुभएको छ । संविधान संशोधनको रुप के हुने हो ? समावेशिताको मर्म र भावनालाई कमजोर नगरी संशोधनलाई अगाडी बढाउनुपर्छ भन्ने उठेको छ । समग्रमा उपयोगि छलफल भएको छ, संगठनलाई रुपमान्तरण गर्ने कोणबाट ।’

    प्रवक्ता महतले केन्द्रीय समिति बैठक आगामी भदौ ७ गते दिउँसो १ बजे बस्नेगरी बोलाइएको जानकारी दिए । बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्न बाँकी रहेको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend