logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुनको मूल्यमा रेकर्ड ब्रेक, एक तोला किन्न अब १ लाख ५० हजार ८ सय चाहिने

    सुनको मूल्यमा रेकर्ड ब्रेक, एक तोला किन्न अब १ लाख ५० हजार ८ सय चाहिने

    889
    Shares
    सुनको मूल्यमा रेकर्ड ब्रेक, एक तोला किन्न अब १ लाख ५० हजार ८ सय चाहिने

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढ्दै यहाँभन्दा अघिको रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकै दिन ३४ डलर बढेर प्रति औंस २४ सय ६५ डलर पुगेका कारण नेपाली बजारमा महंगो हुन गएको हो । सोमबार सुनको मूल्य प्रति औंस २४ सय ३१ डलर थियो । यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएर ओरालो यात्रामा लागेको थियो । गत हप्ताको सोमबार सुनको मूल्य प्रतितोला डेढ लाख पुगेको थियो । र, त्यसपछिका दिनमा ओरालो यात्रामा लागेको सुनले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।

    सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य आज मंगलबार एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम गर्दै १ लाख ५० हजार ८०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

    तेल उत्पादक तथा निर्यातक मुलुकहरुको संगठन (ओपेक) ले उत्पादन घटाउने घोषणा गरेपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा मूल्य उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले सुनौलो नेपाललाई बताए । यस्तै अमेरिकाको केन्द्रीय बैंक फेडर रिजर्भले ब्याजदरमा पुनरावलोकन गर्न लागेको छ ।

    फेडरल रिजर्भले आउँदो सेप्टेम्बरदेखि ब्याजदर २५ देखि ५० विन्दुसम्म घटाउने अनुमान छ । यसल गर्दा पनि डलरमा भएको लगानी सुनमा आएको छ । रुस युक्रेन युद्धका साथै इजरायल र प्यालेस्टाइनमा भएको युद्ध जस्ता भूराजनीतिक कारणले पनि सुनको भाउ बढेको उनको ठम्याइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend