एजेन्सी । आईतबार देखि लगातार लागेको डढेलोका कारण एथेन्सको उत्तरपूर्वी जंगलको एक लाख एकड जलेर नष्ट रहेको छ । द्रुत गतिमा चलिरहेको जंगलको आगोले राजधानीलाई खतरामा पारेको छ ।
७ सय भन्दा बढी अग्निनियन्त्रक, सैनिक कर्मचारी, स्वयंसेवक, ३५ वटा पानी छोड्ने विमान र हेलिकप्टर सहितको ठूलो मात्रामा आगो निभाउने प्रयासका बाबजुद भीषण हावा र सुख्खा अवस्थाका कारण आगो तिब्र गतिमा फैलिएको बताइएको छ ।
एथेन्सको डाउनटाउनबाट करिव ४० किलोमिटर उत्तरपूर्वमा रहेको म्याराथन दौडको जन्मस्थल म्याराथनको ऐतिहासिक शहर नजिकै आईतवार दिउँसो जंगलमा आगलागी भएको थियो ।
एथेन्सको राष्ट्रिय अब्जर्भेटरीको प्रारम्भिक अनुमानका अनुसार सोमवार साँझसम्म आगो राजधानीको उपनगरहरूमा पुगेको छ । लगभग एक लाख एकड जङ्गल जमिन र खेतबारीलाई जलाएको छ ।
तीन अग्निनियन्त्रकसहित कुल ३५ जना सामान्य घाइते भएका छन् । धेरैजसो धुवाँको कारण श्वासप्रश्वासमा समस्या भएका थिए । यसैबीच कम्तिमा ३० वटा आपतकालीन अलर्टसहित बस्तीहरू खाली गर्न जारी गरिएको छ ।