बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कुनै पनि बेला बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुस् : नेता कोईराला

कुनै पनि बेला बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुस् : नेता कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए । उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए ।

उनले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए ।

उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने ? त्यसबारेमा सोच्नुपर्छ । सरकारले खर्च गरिरहेको छ तर ठिक ठाउँमा गइरहेको छैन ।

ठिक ठाउँमा पुर्याउन दबाब दिनुहोला । हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाईको सरकार थियो । जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो । प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो ।

यो सामान्य घटना होइन । नेपालमा आर्थिक अवस्था जर्जर छ । राजश्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ । ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ । तर बंगलादेशको त्यो होइन । बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो ।

त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनैपनि बेला केही हुनसक्छ, त्यतातिर पनि शतर्क हुनुस् । किनभने सामाजिक सञ्जाल अहिल् एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ ।’

नेता कोईरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend