
पोखरा । अखिल नेपाल महिला संघ केन्द्रीय प्रशिक्षण बिभाग तथा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीद्वारा साउन २५ देखि २७ सम्म संचालित प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण अखिल नेपाल महिला संघ केन्द्रीय प्रशिक्षण बिभाग तथा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीद्वारा संचालित उक्त तालिममा प्रमुख वक्ता गण्डकी प्रदेश इन्चार्ज एवं पार्टीका स्थायि कमिटीका सदस्य कमरेड किरण गुरुङ, प्रमुख अतिथि केन्द्रीय अध्यक्ष क. टुका भद्र हमाल थिए भने कार्यक्रमको अध्यक्षता संघको प्रदेश अध्यक्ष हिरा कुमारी गिरी र संघका सचिव खरमाया बिटालुले गरे ।
३ दिनसम्म संचालनमा रहेको प्रशिक्षणका बिषयहरू निम्न रहेका छन् :
महिला इतिहास आन्दोलन र उपलब्धि संघका केन्द्रीय अध्यक्ष टुका हमाल, संघका केन्द्रीय उपाध्यक्ष शर्मिला कार्किले सञ्चार महिला, संघका केन्द्रीय महासचिव क. पेम्बा लामाले संगठन निर्माण, सन्चालन र ब्यबस्थापन, संघका केन्द्रीय उप महासचिव क. शान्ति अधिकारीले आर्थिक तथा लेखा ब्यबस्थापन, नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नबराज शर्माले दशौँ महाधिवेशनको कार्यदिशा, सचिव क. धन्नजय दवाडीले माक्सवादी दर्शन र जबज, संघका प्रदेश कमिटी अध्यक्ष क. हिरा कुमारी गिरीले उद्मशिलता आर्थिक सशक्तीकरणको बिषयमा प्रशिक्षण दिएका थिए ।
यस प्रशिक्षणमा सहभागीहरुले जिल्ला र पालिका तहमा प्रशिक्षण संचालन गर्ने छन् । सहभागीहरुले प्रशिक्षण प्रभावकारी रहेको बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend