logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • निर्माण व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु : राज्यमन्त्री तामाङ

    निर्माण व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु : राज्यमन्त्री तामाङ

    770
    Shares
    निर्माण व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु : राज्यमन्त्री तामाङ

    काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुको हितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघले गरेको सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् ।

    उनले निर्माण क्षेत्रबाटै राजनीतिक यात्रा शुरु गरेर राज्यमन्त्री भएको भन्दै निर्माण क्षेत्रको पक्षमा काम गर्ने बताए । उनले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका भुक्तानी लगायतका समस्या सहजिकरणको लागि पहल गर्ने पनि उल्लेख गरे ।

    उनले निर्माण व्यवसायीहरु समस्या बिस्तारै समाधान हुँदै जाने भन्दै ढुक्क भएर काममा फर्कन आग्रह गरे । उनले सिंचाई र ऊर्जा क्षेत्रका निर्माण व्यवसायीहरुलाई परेका समस्याहरुलाई सहजिकरण गर्न तयार रहेको बताए । उनले निर्माण क्षेत्रका समस्यासँग धेरै जानकार भएको भन्दै ऊर्जा मन्त्रीसँग समन्वय गरेर वनका समस्या समाधानको पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

    उनले निर्माण क्षेत्रका कामलाई वनको कारणले नरोक्ने गरी समन्वय गर्ने बताए । उनले हाईड्रोपावरको लागि लाइसेन्स लिएर बसेका व्यवसायीहरुलाई सरकारले काम गर्ने वातावरण बनाउने पनि बताए । उनले अब जलविद्युतको विकास लाइसेन्स लिएर घरमा राखेर नहुने भन्दै काम गर्न आवश्यक रहेको भन्दै सरकारले चाँडै सहजिकरण गर्ने बताए ।

    उनले भने, ‘निर्माण क्षेत्रमा लागेर नै राजनीतिक यात्रा शुरु गरेको हो । अहिले राज्य मन्त्रीको रुपमा सरकारमा गएको छु । भोलि नहुन पनि सक्छु । तर निर्माण व्यवसायीहरुलाई के भन्न चाहन्छु भने निर्माण व्यवसायीहरुको हितको लागि उच्च शिरमा राखेर काम गर्ने छु । निर्माण व्यवसायी ढुक्क भए हुन्छ ।

    मेरो मन्त्रालय अन्तर्गत सिंचाई र ऊर्जा क्षेत्रमा निर्माण व्यवसायीहरुलाई परेका समस्याहरुलाई सहजिकरण गर्ने छु । निर्माण क्षेत्रका समस्या धेरै जानकार भएकाले ऊर्जा मन्त्रीसँग समन्वय गरेर वनका समस्या समाधान गर्न पहल गर्नेछु । निर्माण क्षेत्रका कामलाई वनको कारणले नरोक्ने गरी समन्वय गरिन्छ ।

    हाईड्रोपावरको लागि लाइसेन्स लिएर बसेका व्यवसायी साथीहरु हुनुहुन्छ । लाइसेन्स लिएर घरमा राख्ने काम गर्नुभएन । लाइसेन्स लिएर बसेका ऊर्जा व्यवसायीहरुलाई सरकारले काम गर्न दिन्छ ।’

    कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै पूर्णबहादुर तामाङ राज्यमन्त्री भएकाले निर्माण व्यवसायीहरुको छाती चौडा भएको बताए । उनले राज्य मन्त्रीले निर्माण उद्योगमा भएका समस्याहरु सरकारसँग समन्वय गरेर निर्माण उद्योगहरुको समस्या समाधान गर्ने काममा गर्ने अपेक्षा रहेको बताए ।

    निर्माण व्यवसायीहरुले निर्माण व्यवसायीको प्रतिनिधित्व गरेर सरकारमा राज्यमन्त्री भएकाले उद्योगीहरुका समस्या सरकारसँगको समन्वयमा कार्यान्वयन तहमा सहजिकरण गर्ने अपेक्षा गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend