काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए ।
उनले प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको बताए ।
ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनले बताए । ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको उनले बताए ।