logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • रेमिट्यान्सको आकार ठूलो भएको अवस्थामा कम्पनीको क्षेत्राधिकार विस्तार आवश्यक छ : अध्यक्ष हेमराज ढकाल

    रेमिट्यान्सको आकार ठूलो भएको अवस्थामा कम्पनीको क्षेत्राधिकार विस्तार आवश्यक छ : अध्यक्ष हेमराज ढकाल

    679
    Shares
    रेमिट्यान्सको आकार ठूलो भएको अवस्थामा कम्पनीको क्षेत्राधिकार विस्तार आवश्यक छ : अध्यक्ष हेमराज ढकाल

    हामीले आजबाट एक नयाँ अध्यायको शुरुवात गर्न गईरहेका छौँ । आइएमई लिमिटेड र जिएमई रेमिट प्रालिको मर्जर पश्चात आइएमई लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका छौं । हामीले सन २००१ मा मलेसियाबाट आइएमईको सेवा शुरुवात गरेका हौँ भने सन २००६ देखिको निरन्तरको प्रयास पश्चात सन २०१७ मा कोरियाबाट जिएमइको सेवा शुरुवात गर्न सफल भयौं ।

    आज म हाम्रो चुनौतीपुर्ण विगतलाई सम्झन चाहन्छु । देश राजनीतिक तथा आर्थिक रुपान्तरणको क्रममा थियो । जताततै अन्योलता थियो । भविष्यको खोजीमा युवा पुस्ता छट्पटिएको थियो । आफ्नो र परिवारको भविष्य खोज्दै म पनि जापान पुगेको थिँए ।

    लगभग २५ वर्ष पहिला हुनुपर्छ, जापान बसाइको क्रममा आफु स्वयम् र जापानमा रहेका धेरै नेपाली दाजुभाइहरुले नेपाल पैसा पठाउन भोग्नु परेको समस्याले मलाइ पिरोल्दै गर्दा जन्मिएको एउटा सोच र अठोटको उपज हो, आइएमई । वैदेशिक रोजगारीका नयाँ नयाँ गन्तव्यहरु पनि खुलिरहेका थिए । तर, ती गन्तव्यमा दुःख गरेर कमाएको पैसा नेपालसम्म सुरक्षित तवरले भित्र्याउने बाटोको कुनै नक्साङकन नै भएको थिएन । त्यै अनिश्चिताका बीचमै हामीले सपना देखेका थियौँ कि यो बाटो हामीले कोर्नु पर्छ र संभव छ ।

    दुःख गरेर कमाएको पैसा नेपालसम्म सुरक्षित तवरले भित्र्याउने बाटोको कुनै नक्साङकन नै भएको थिएन । त्यै अनिश्चिताका बीचमै हामीले सपना देखेका थियौँ कि यो बाटो हामीले कोर्नु पर्छ र संभव छ ।

    वाल्ट डिज्नीले भन्नु भएको छ, ‘इफ यु क्यान ड्रिम इट, यु क्यान मेक इट ।’ हामीले पनि सपना देख्यौँ । तर सपना चुनौतीपुर्ण थियो । हाम्रो पृष्ठभुमी व्यवसायबाट आएको थिएन जसको कारणले गर्दा व्यवसाय गर्ने तौरतरिका पनि सिक्नु पर्ने बाध्यता थियो । रेमिट्यान्स आफैमा नौलो सोच थियो । सुन्दा असम्भव जस्तै लाग्थ्यो ।

    विदेशबाट त्यति सजिलै पैसा पठाउन सकिन्छ भन्दा मानिसहरु हाँस्ने गर्थे । रेमिटेन्स व्यवसायको वैद्यानिकता स्थापित गरी सेवाग्राहीको विश्वास जित्न साच्चै कठिन थियो । नियमन गर्ने कानुनहरु थिएनन् । वास्तवमा हामी हाम्रो सेवा जापानबाट नै शुरु गर्न चाहान्थ्यौँ ।

    तर जापानमा पनि रेमिटेन्स सम्बन्धी कानुनको अभावमा मलेसियाबाट शुरु गर्यौं । पछि सन २००९ मा मात्र हामीले जापानबाट सेवा सुचारु गर्यौँ । त्यसैगरी, हामीसँग अहिले जस्तो प्रविधि थिएन । प्रविधीमा खासै दख्खल नभएको अवस्थामा विश्वमा आएका नवितम प्रविधी उपयोग गर्नुपर्ने अवस्था थियो । यी सबै चिजका लागि पुँजीको पनि त्यतिकै जरुरी थियो । हाम्रो भिजनलाई लागू गर्नेको आवश्यकता पनि थियो ।

    चुनौतीहरुका बीच यी सबै कुरालाई व्यवस्थापन गर्दै सानो आकारबाट शुरु भएको आइएमई आजसम्म आइपुग्दा देशकै सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने कम्पनी बन्न सफल बनेका छौँ । वैदेशिक रोजगारीका लागि अनुमति प्राप्त धेरैजसो देशहरुबाट रेमिट्यान्स सेवा दिईरहेका छौं भने एजेन्टहरु बाहेक नै लगभग २० हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छौं ।

    यसको अर्थ आइएमईले रेमिटेन्सलाई देशको औपचारिक अर्थतन्त्रमा जोड्न मात्र हैन नेपालको सामाजिक आर्थिक रुपान्तरणको संवाहकसमेत बन्न सफल भएको छ भन्ने विश्वास लिएका छौं । वास्तवमा, आज गर्व लाग्छ, दुई जनाबाट शुरु भएको आइएमईको यात्रा आज जिएमइलाई प्राप्ति गर्दै गर्दा हजारौँ साथीहरु सहितको ठूलो परिवार बन्न पुगेको छौँ ।

    वास्तवमा, आज गर्व लाग्छ, दुई जनाबाट शुरु भएको आइएमईको यात्रा आज जिएमइलाई प्राप्ति गर्दै गर्दा हजारौँ साथीहरु सहितको ठूलो परिवार बन्न पुगेको छौँ ।

    रेमिट्यान्सको कुरा गर्दै गर्दा, नेपालको अर्थतन्त्रमा यसले महत्वपुर्ण टेवा पुर्याउँदै आएको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मात्र हैन बाह्य अर्थतन्त्रको सन्तुलनमा पनि यसको योगदान उल्लेखनीय रहेको छ । पछिल्लो १० वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालको कूल ग्राहस्र्थ उत्पादन (जिडिपी) मा रेमिट्यान्सको अनुपात औसतमा २३ प्रतिशतको हाराहारीमा रहेको छ ।

    देशको आर्थिक विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने रेमिट्यान्स सेवालाई संस्थागत गरी नेपालीको कूल आय वृद्धिमा आईएमईले उल्लेखनीय योगदान गर्न सफल भएको छ भन्ने विश्वास लिएको छु । नेपाल भित्रिने कुल रेमिटेन्समध्ये सबैभन्दा ठूलो हिस्सा (लगभग ५० प्रतिशत) आइएमई ग्रुपको रहेको कुरालाई नेपाल राष्ट्र बैंकको तथ्याङ्कलेसमेत पुष्टि गरिसकेको छ । जुन हाम्रो लागि गर्वको विषय पनि हो ।

    तर, हामी यतिमा मात्र सिमित हुनु हुदैन जस्तो लाग्छ । ग्राहकहरुको अपेक्षा बढेको छ । दिनानुदिन प्रतिस्पर्धा बढ्दो छ । चुनौतीहरु थपिदाँ छन् । समयसँगै विकास भएका अत्याधुनिक प्रविधिसँग संयोजन गर्दै हाम्रा सेवाहरुलाई अझ सहज, सुलभ र सुरक्षित बनाउन अत्यन्त जरुरी बनिसकेको छ । प्रविधिको प्रयोग गरी रेमिटेन्स सेवालाई अझ परिष्कृत र विविधिकरण गर्न आवश्यक छ ।

    आज प्रविधीले हरेक क्षेत्रमा डिसरप्सन ल्याइरहेको छ । हामीले पनि हाम्रो इतिहासलाई कायम राख्दै नयाँ नयाँ प्रविधीहरुलाई आत्मसाथ गर्दै अगाडी बढ्न आवश्यक छ । हामीलाई पनि प्रस्थानको आवश्यकता छ ।

    त्यो प्रस्थान भनेको इन्नोभेसन र डिजिटलाइजेसन नै हो भन्ने लाग्छ । वास्तवमा, आम नागरिकको दैनिक जनजीवनका हरेक पक्षहरु प्रविधिसँग जोडिएका छन । यस क्षेत्रमा दिनानुदिन भइरहेका विकासहरुले आम मानिसको आवश्यकता, रोजाइ र समग्रमा जीवनयापनको शैलीमा नै परिवर्तन ल्याइरहेको छ । परम्परागत कार्यशैली परिवर्तन भइरहेको छ । डिजिटल वित्तिय कारोबारतर्फ मानिसहरुको आकर्षण बढ्दो रहेको विभिन्न तथ्याङ्कहरुले पनि देखाएका छन् ।

    परम्परागत कार्यशैली परिवर्तन भइरहेको छ । डिजिटल वित्तिय कारोबारतर्फ मानिसहरुको आकर्षण बढ्दो रहेको विभिन्न तथ्याङ्कहरुले पनि देखाएका छन् ।

    प्रविधिको विकास र बढ्दो प्रयोगसँगै रेमिट्यान्सको अवधारणा नै परिवर्तन भएको मैले महसुश गरेको छु । आजको दिनमा रेमिट्यान्स विदेशमै काम गरेर आर्जन गरेको आयमा मात्र सिमित रहेको छैन । कुनै स्थिर वा भौतिक अफिस बिना सूचना प्रविधिको प्रयोगमार्फत नेपाली युवाहरुले नेपालबाटै विश्वका विभिन्न मुलुकमा सेवा निर्यात गरेर मनग्य आम्दानी गरिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसको अर्थ रेमिटेन्स नयाँ नयाँ रूपमा आईरहेको छ । यसले डिजिटल रेमिट्यान्सको महत्वलाई अझ बढाएको छ ।

    सोही अनुरुप हामीले पनि आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाउदै अघि बढिरहेका छौँ र संसारमा आएका नवीनतम प्रविधि अंगाल्दै अघि बढ्न प्रतिबद्ध पनि छौँ । डिजिटल भुक्तानीका साथै डिजिटल रेमिट्यान्सलाई सहज बनाउन आइएमई पे डिजिटल वालेटलाई सञ्चालन गरिरहेका छौं जसबाट ४० लाख भन्दा धेरै ग्राहकहरुले डिजिटल भुक्तानीका साथै डिजिटल रेमिट्यान्सको सुविधा उपभोेग गरिरहनु भएको छ ।

    मलाइ विश्वास छ आइएमई र जिएमइबीचको एकीकृत कारोवार पश्चात हाम्रो सेवा सञ्जालमा वृद्धि हुनेछ र सेवाग्राहीहरुलाई सहज र सुलभ रेमिटेन्स सेवा उपलब्ध गराउन हामी थप सक्षम हुनेछौँ । सेवाग्राहीहरुको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दुरदराज सम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्र्ने तथा सन्तुष्ट ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास लिएको छु ।

    स्थानीयस्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आम नागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने मात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ । यस प्रयासमा हामी थप प्रतिबद्ध रहने समेत जानकारी गराउन चाहान्छु ।

    प्रचलित ऐन कानून तथा नियामक निकायहरूद्धारा जारी भएका निर्देशनहरूको पूर्ण पालना गरी, संस्थागत सुशासनको मूल्य मान्यतालाई आत्मसात गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनुका साथै कम्पनीले हालसम्म हासिल गरेको ख्याति र पहिचानलाई कायम राखी, गुणस्तरीय सेवामा क्रियाशिल रहन कम्पनी प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छु ।

    वास्तवमा रेमिट्यान्सको आकार निकै ठूलो भइसकेको छ । पुँजीकै हिसाबले पनि रेमिट्यान्स कम्पनीहरु ठूला भइसकेका छन ।

    वास्तवमा रेमिट्यान्सको आकार निकै ठूलो भइसकेको छ । पुँजीकै हिसाबले पनि रेमिट्यान्स कम्पनीहरु ठूला भइसकेका छन ।

    यस्तो अवस्थामा यस व्यवसायलाई थप गतिशील र व्यवस्थित बनाई औपचारिक माध्यमबाट हुने आप्रवाहलाई प्रोत्साहन गर्न तथा सेवाग्राहीलाई सर्बसुलभ डिजिटल सेवा प्रदान गर्न कम्पनीको क्षेत्राधिकार बिस्तार आवश्यक भइसकेको हो की भन्ने महशुस हुन थालेको छ । यस विषयलाई नेपाल राष्ट्र बैंकले पक्कै मनन गर्ने छ भन्ने विश्वास लिएको छु ।

    अन्त्यमा, हामीले प्राप्तिको प्रक्रिया थालनी गरेको छोटो अवधिमा नै एकीकृत कारोबार गर्न सफल भएका छौँ।

    (आइएमई र जिएमई रेमिटको संयुक्त कारोबारको अवसरमा अध्यक्ष हेमराज ढकालको मन्तव्यको सम्पादित अंश)

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend