logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • माओवादी सांसदको आरोपः कांग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो

    माओवादी सांसदको आरोपः कांग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो

    427
    Shares
    माओवादी सांसदको आरोपः कांग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो

    काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे । अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गरे । उनले संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिए ।

    उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमँ जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताए ।

    उनले भने, ‘नेपालमा अहिले करिव दुई तिहाईको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ ।

    म आग्रह गर्न चाहन्छु, किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनु हुन्छ, तपाईंहरु अर्को २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले काँग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशुल गर्नुस् ।

    सबै देश कब्जा गर्नुस् । तपाईंहरुलाई थाहा छ नि, श्रीलंकाका राजापाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ ।’

    सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने बताए । उनले नेपाली कांग्रेस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend