logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन र टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

    महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन र टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

    434
    Shares
    महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन र टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

    काठमाडौं । राष्ट्रिय सभामा महालेखापरीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन, २०८१ पेश भएको छ ।

    बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेश गरेको हो ।

    सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखापरीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन, २०८१ सभासमक्ष पेश गरेका हुन् ।

    सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेश गरे ।

    बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ का (टीआरसी) सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरे ।

    राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आईतवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend