शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

गठ्ठाघरमा दुर्घटना : मृतक महिलाको शव अस्पताल पठाइयो, ट्रक चालक फरार

गठ्ठाघरमा दुर्घटना : मृतक महिलाको शव अस्पताल पठाइयो, ट्रक चालक फरार

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटना परी मृत्यु भएकी स्कुटरमा सवार महिलाको शव उठाइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको हो ।

महिलाको मृत्यु भएपछि स्थानीयले केहीबेर ट्राफिक प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

ना.६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई लछारेको थियो । दुर्घटनामा परेर बा.४९ प ८९४४ नम्बर स्कुटर चालक महिलाले ज्यान गुमाएकी हुन् ।

मृत्यु भएकी महिलाको सनाखत भएको छैन । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।

ट्रक चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend