बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गठ्ठाघर दुर्घटना : ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि

गठ्ठाघर दुर्घटना : ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा आज भएको दुर्घटनामा मृतकको पहिचान खुलेको छ ।

गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरले घटना अनुसन्धान भईरहेको जानकारी दिएको छ । उत्तम कोइरालाको नाममा रहेको ब्लु बुक भेटिएको तर मृतकबारे अझै यकिन नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

यस्तै प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ना ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । त्यसपछि स्थानीयले ट्रकमा तोडफोड गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend