
काठमाडौं । अफ्रिकी मुलुक अल्जेरिया जान दिल्ली जानुपर्ने अवस्थाको अन्त्य हुन लागेको छ । नेपालबाट अल्जेरिका लागि भिसा आवेदन दिन सक्ने व्यवस्था हुन लागेको हो ।
अल्जेरिय जानका लागि भिसाको व्यवस्थापन अब भिएफएस ग्लोबलले गर्ने भएको छ । आउँदो भदौ १६ गते (सेप्टेम्बर १) देखि अल्जेरियाको भिसाको काम भिएफएसले गर्न लागेको हो ।
ग्लोबलले नयाँ दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, हैदराबाद, काठमाडौं र कोलम्बोमा रहेका आफ्ना आवेदन केन्द्रहरूबाट सबै वर्गहरूमा अल्जेरियाका लागि भिसा आवेदनहरू स्वीकार गर्ने भएको छ ।
अहिलेसम्म दिल्लीमा रहेको अल्जेरिया दूतावासमार्फत मात्र आवेदन पेश गर्ने व्यवस्था थियो । अब भिएफएसले पनि गर्ने भएको हो ।
आवेदकहरूले आफ्नो आवेदन फिर्ता गर्न, भिसा लागतहरू कभर गर्न र ६ दिनभित्र आफ्नो भिसा प्राप्त गर्न विभिन्न प्रकारका सबमिशन केन्द्रहरू र वाकइन सेवाको सुविधाबाट फाइदा लिन पाउन कम्पनीले जनाएको छ ।
उपलब्ध भिसाका प्रकारहरूले व्यापार भिसा, पर्यटक भिसा, कार्य भिसा, अस्थायी कार्य भिसा, पारिवारिक भिसा, सांस्कृतिक भिसा र यात्रा उद्देश्यहरूको भिसाको व्यवस्थापन गर्ने भएको छ ।
लोकतान्त्रिक गणतन्त्र अल्जेरियाको दूतावासबाट विश्वास र स्वीकृति प्राप्त गर्न पाउनु खुशी र विशेषाधिकार दुवै भएको ग्लोबलले जनाएको छ ।
‘अल्जेरिया एक आशाजनक राष्ट्र हो । निर्बाध, सुरक्षित र भरपर्दो सेवा दिन तयार छौं’ ग्लोबलका दक्षिण एसियाका लागि प्रमुख अपरेटिङ अफिसर युम्मी तलवारले भनेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend