logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

    समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

    266
    Shares
    समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरे । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताए । उनले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे । उनले अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न पनि आह्वान गरे । उनले बिरोधको नाममा बिरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने बताए ।

    उनले भने, ‘अधिकारका लागि हामी लड्यौँ । तर अब लडेर ल्याएको अधिकार जिम्मेवारपूर्वक जगेर्ना गर्न जान्नुपर्छ । बिरोध गर्दा गर्दा प्राप्त गरेको अधिकार पनि गुम्यो भने अनि हामीले के गर्ने ? सबै जिम्मेवार हुनुपर्छ । प्लस टु सकिसकेपछि विद्यार्थीहरु विदेश जाने ट्रेन छ । यत्रो पपुलर इन्जिनियर कलेजमा विद्यार्थी कम छन् । हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ ।

    यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ । जनप्रतिनिधि हुँदैमा सबैकुरा थाहा हुँदैन नि । सुझाव दिनुस् । ऐनमा संशोधन गर्न परे गरौँला । हामी सबै समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न एकरुपता कायम गरी अघि बढ्नुपर्छ ।’

    उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गरे । उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । उनले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend