logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयद्वारा सरसफाई अभियान शुरु

    डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयद्वारा सरसफाई अभियान शुरु

    280
    Shares
    डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयद्वारा सरसफाई अभियान शुरु

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेके छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान शुरु गरेको हो ।

    निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो ।

    शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटे ।

    मन्त्रालयबाट शुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने लक्ष्य मन्त्रालयको छ । अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान शुरु गरेको बताए ।

    उनले डेंगुको नियन्त्रण र न्युनिकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय मातहत रहेका कार्यालयमा शुक्रवार सरसफाई अभियान शुरु गरेको बताए । उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए । उनले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए ।

    उनले हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाउन आग्रह गरे ।

    उनले भने, ‘विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले त्यसको संख्या बढ्नसक्ने मन्त्रालयले आँकलन गरेको छ । त्यसलाई न्युनिकरण गर्न हामीले गत हप्तादेखि नै संघीय र हामी मातहत रहेका कार्यालयमा शुक्रवार सरसफाईका लागि र विशष गरी पानी जम्मा हुने भाँडा घोप्ट्याउने अभियान शुरु गरेका छौँ ।

    भदौ ६ गते विषयगत समितिको समिति र मान्य मन्त्रीज्युको अध्यक्षतामा ७ प्रदेशकै स्वास्थ्यमन्त्रीहरुसँगको बैठक हुँदैछ । त्यसबाट पनि निर्णय गरी सातै प्रदेशमा अभियान सञ्चालन गर्नेछौँ । हिजोमात्रै उपत्यकाभित्रका महानगर,उपमहानगर र नगरपालिकाहरुसँग छलफल गरी सहकार्य गर्ने निर्णय गरी अघि बढेका छौँ ।

    अब हामी बिस्तारै हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रवार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाए डेंगुमात्र नभइ अन्य रोगहरु पनि रोक्न सकिने भएकाले शुक्रवारको दिनलाई सरसफाई गरिदिन आग्रह गरेका छौँ ।’

    प्रवक्ता बुढाथोकीले सरसफाई अभियानले डेंगुमात्र नभइ अन्य रोगहरु पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

    उनले डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

    खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरुको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ ।

    समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरुको विश्वास छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend