logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मधेस मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता

    मधेस मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता

    455
    Shares
    मधेस मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता

    काठमाडौं । मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मधेसका मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।

    पछिल्लो समय मधेसका मन्त्रालयहरुको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरिएको हो ।

    मन्त्रालयहरुको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरुसँग सम्झौता गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।

    मन्त्रालयका योजनाहरु कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाई वा समस्या भइरहेको छ ? भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend