logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रभु बैंकका ग्राहकले समाज डेन्टलमा छुट पाउने

    प्रभु बैंकका ग्राहकले समाज डेन्टलमा छुट पाउने

    756
    Shares
    प्रभु बैंकका ग्राहकले समाज डेन्टलमा छुट पाउने

    काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।

    प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले हस्पिटलका सम्पूर्ण शाखाहरूमा क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    उक्त सम्झौता हस्पिटलका निर्देशक श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend