logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ : मन्त्री भण्डारी

    कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ : मन्त्री भण्डारी

    385
    Shares
    कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ : मन्त्री भण्डारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीहरुको नाममा गैरकानूनी रुपमा नेपालीहरुलाई विदेश पठाउने काम भइरहेको भन्दै यसबारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।

    शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्रको नाममा नेपालीहरुलाई विदेश पठाइएको भन्दै यस बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् ।

    उनले एउटै व्यक्तिले म्यानपावर कम्पनी र कन्सल्टेन्सी खोल्ने गरेको र म्यानपावरबाट नभई कन्सल्टेन्सीबाट विदेश पठाउने गरेको भन्दै यसप्रकारको काम गर्नेलाई कारबाही गरिने बताए । यो विषय सरकारको मात्रै विषय नभएकोले व्यवसायीहरुलाई पनि आफूले ध्यानाकर्षण गराएको उनले बताए ।

    म्यानपावर कम्पनी खोलेर दुई वर्षसम्म एकजना मान्छे नपठाउने कम्पनीहरुले आशंका जन्माएको पनि उनले बताए । उनले मन्त्रिपरिषद्को बिहीबारको बैठकले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतप्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१/०८२ का लागि नविकरण गर्न दिनेगरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको बताए ।

    उनले नविकरण भएका म्यानपावर कम्पनीहरु नियमित, अनियमित कुन अवस्थामा छन् सो को मन्त्रालयले अध्ययन गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend