काठमाडौँ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा आएको बाढीबाट ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले आज दिउँसो २ बजे आएको बाढीमा फसेका ७ जनाको उद्धार गरेको हो ।
प्रहरीका अनुसार बाढीमा परी एक जना सम्पर्कविहीन भएका छन् ।
हालसम्म बाढीको कारण १२ वटा घर र विद्यालय बगाएको छ । बगाएका १२ घरमा केही होटलसमेत रहेका छन् । थामेमा ७ वटा घर उच्च जोखिममा छन् ।
दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचना दिइसकिएको प्रहरीले जनाएको छ ।
हिमताल फुटेर उक्त बाढी आएको बताइएको छ । अहिले थामेमा आएको बाढी घटेको छ ।