logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • गगन थापा भन्छन् : सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ

    गगन थापा भन्छन् : सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ

    931
    Shares
    गगन थापा भन्छन् : सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यमहरुले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    महामन्त्री थापाले सञ्चार माध्यामहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरे । आजभोली कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उनले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेण्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाईको भाव बोक्न नसक्ने उल्लेख गरे ।

    महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताए । उनले राजनीतिक भन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यामहरुको बजार थप हुने दाबी समेत गरे ।

    महामन्त्री थापाले भने, ‘गीत, संगीत, कला जे जे भनेपनि सबै यति धेरै त्यो हाम्रो राजनीतिक गतिविधिको वरीपरी घुम्न थालेको छ । गाली गरेपनि त्यसमा नै, नयाँ सृजना गरेपनि त्यसमै, रेडियोमा बोल्दै त्यो प्रस्तोताले पनि दुई वटा गीतको बीचमा पनि राजनीतिक वरीपरीकै कुरा भनिरहेको हुन्छ ।

    त्यो भन्दा पर जान सकेका छैनौ । जसले गर्दा त्यो ओभर क्राउडेट भएको छ । सामाजिक सञ्जालमा त्यसैमा टिप्पणी गरिराखेको छ । त्यसैले रेडियोमा आउने साथीहरुले नयाँ नयाँ कुरा सृजना गर्छु भन्ने ठान्ने हो भने त्यो भन्दा बाहिर मानिसहरुले फरक कुराहरु पनि सुन्न चाहिरहेको छ । त्यसरी सोच्ने हो भने मुलुकमा अहिले पनि रेडियोको ठूलो बजार छ भन्ने मैले ठानेको छु ।

    सबभन्दा ठूलो कुरा भनेको हामीहरुले सही सूचना दिन सकिरहेका छैनौ । हामीलाई आजभोली कहीँ गएर बोल्दा डर लाग्छ–मैले अहिले १० मिनेट यहाँ बोलेभने साँझ सुन्न स्रोतसम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो दश सेकेन्डको मात्रै हुन्छ । त्यो दश सेकेण्डले मेरो १० मिनेटका भाव बोक्दैन । तर त्यसैको आधारमा मेरो धारणा बनाउँछ ।

    जसले बजाएको छ, उसलाई आज मैले देखाईदिए भन्ने लाग्छ । तर कुनै बेला ऊ आफैँ हेर्नेमा पर्छ । यसकारण हामी एक अर्काका पीडित हौं । हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एकअर्कालाई दुःख दिईराखेको छ । यसबाट माथि उठ्नुपर्छ ।’

    महामन्त्री थापाले सञ्चार माध्यामहरुले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend