सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पार्टी कार्यकर्तालाई प्रचण्डको आश्वासनः पार्टी एकतावद्ध छ, एकतावद्ध भएर जान्छौँ

पार्टी कार्यकर्तालाई प्रचण्डको आश्वासनः पार्टी एकतावद्ध छ, एकतावद्ध भएर जान्छौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकतावद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धाराण राखेको बताए । उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए । उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको बताए ।

उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो ।

उनले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गरे । उनले पार्टी अब नफुट्ने पनि दाबी गरे । उनले उपमहासचिव शर्माले उठाएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताए ।

अध्यक्ष दाहालले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाए । उनले आगामी दिनमा देशव्यापी रुपमा अभियान सञ्चलन गर्ने बताए । जनतासँग सम्बन्धित भएर पार्टी रुपान्तरण एवं एकीकरण गर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend