logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • ठगी र महंगी हुन नदिन औषधिको मूल्य समायोजन गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

    ठगी र महंगी हुन नदिन औषधिको मूल्य समायोजन गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

    315
    Shares
    ठगी र महंगी हुन नदिन औषधिको मूल्य समायोजन गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताएका छन् । ललितपुरमा शुक्रबार नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले औषधिको मूलय समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको बताए । उनले औषधिको मूल्य समायोजन नहुँदा धेरै मानिसहरु ठगिएको बताए । उनले मूल्य समायोजन नहुँदा ठगी र महंगीका धेरै प्रश्न उठिरहेको बताए । उनले उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले निगरानी बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न राज्यले चाहेको भए औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिमा लगानी बढाउन आवश्यक रहेको बताए ।

    उनले राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्य क्षेत्रको लगानी बजेटको ९/१० प्रतिशत बनाउन जरुरी रहेको बताए ।

    उनले भने, ‘औषधिको मूल्य समायोजन गर्न जरुरी छ । त्यो समायोजन नभएको कारणले, पारदर्शी नभएकाले गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको छ । धेरै मानिसहरु ठगिएको, धेरै नै महंगो भएको कुरा आएको छ । कतिपय औषधिले उत्पादनमूल्य अनुसार बिक्री मूल्य प्राप्त नगरेको स्थिति पनि छ । त्यसमा राज्यले कम्पेन्सेट गर्न जरुरी छ ।

    उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले कम्पेन्सेट गर्नेकुरा बढी उपयुक्त हो । राज्यले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न खोजेको हो भने औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिको सन्दर्भमा लगानी गर्न जरुरी छ । राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्यकै लगानी ४ दशमलव केही बनाएर पुग्दैन । ९/१० प्रतिशत बनाएर लैजान सक्नुपर्छ ।’

    मन्त्री पौडेलले बीमाको श्रोत सुनिश्चित गर्नुपर्ने बताए । उनले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बीमामा ल्याएर जोड्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend