logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालनमा

    मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालनमा

    259
    Shares
    मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालनमा

    काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले नयाँ हस्पिटल एप सञ्चालनमा ल्याएको छ । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

    यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्नेछन् ।

    यस एपमा नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बीमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि रहेको छ ।

    मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथ बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ ।

    यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ ।

    मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै घरबाटै आरामले मेडिकल अपोइन्टमेन्टहरू लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ ।

    सरकारी स्वास्थ्य बीमा कभरेज भएका व्यक्तिहरूलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।

    मिदास हेल्थ सर्भिसेजका बारेमा : 

    आइएमई समूह अन्तर्गतको मिदास हेल्स सर्भिसेजले स्वास्थ्य सेवा सूचना प्रणाली विकास तथा सेवा उपलब्ध गराउँछ । यसले दुई सय भन्दा बढी अस्पतालहरूलाई हस्पिटल एप तथा स्वास्थ्य सूचना प्रणाली उपलब्ध गराएको छ ।

    उपचार र स्वास्थ्य सेवा अनुभव सुधार गर्नको लागि यो सेवाले अस्पतालहरूलाई उनीहरूको सेवाहरू आधुनिकीकरण र सुधार गर्न भरपर्दो साझेदारी प्रदान गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend