बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भ्रष्टाचार मुद्दामा हदम्याद खारेजको मागसहित युवाहरुको प्रदर्शन

भ्रष्टाचार मुद्दामा हदम्याद खारेजको मागसहित युवाहरुको प्रदर्शन

काठमाडौँ । युवाहरुले शनिबार काठमाडौँमा प्रदर्शन गरेका छन् । भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका मागसहित काठमाडौँमा प्रदर्शन गरिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भइरहेको छ ।

विधेयकमा रहेको ‘मुद्दा चलाउने अवधि भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने’ प्रावधानमा सत्ताधारी दलहरूबीच पनि मतभेद देखिएको छ ।

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने युवाहरुको माग छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि आन्दोलनरत युवाको समूह र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend