काठमाडौं । व्यवसायी राजेन्द्रप्रसाद सापकोटाको प्यानलले घोषणापत्र सार्वजनिक गरेको छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को नयाँ नेतृत्व चयनका लागि सापकोटाको प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो ।
आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्र अनुसार पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको छ ।
साथै, पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई प्राथमिकतामा राख्ने सापकोटाले बताएका छन् ।
पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने सापकोटा प्यानलको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै, स्वदेशमै रोजगारीको अवसर बढाउने, पदयात्रासम्बन्धी अनुमतिपत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्नेलगायत घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ व्यवसायी सापकोटाको प्यानल :
राजेन्द्र प्रसाद सापकोटा : अध्यक्ष
कर्मा शेर्पा : वरिष्ठ उपाध्यक्ष
विष्णुप्रसाद लम्साल : प्रथम उपाध्यक्ष
सनम शेर्पा : द्वितीय उपाध्यक्ष
राजेन्द्रप्रसाद सुवेदी : महासचिव
रिन्जी जाङबु शेर्पा : सचिव
गौतमराज वाग्ले : कोषाध्यक्ष
लाक्पा टेम्बा शेर्पा : सहसचिव
सागर राई ( कार्यसमिति सदस्य
सुमन अर्याल : कार्यसमिति सदस्य
राजु गुरुङ : कार्यसमिति सदस्य
दिनेश तिम्सिना : कार्यसमिति सदस्य
विश्व दाहाल : कार्यसमिति सदस्य
भुवनबहादुर खड्का : कार्यसमिति सदस्य
दावा ग्याल्त्सेन लामा : कार्यसमिति सदस्य
छ्याप्ते लामा : कार्यसमिति सदस्य
पवित्रा तामाङ : महिला कार्यसमिति सदस्य