logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान, के छन् एजेन्डा ?

    परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान, के छन् एजेन्डा ?

    546
    Shares
    परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान, के छन् एजेन्डा ?

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आईतवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् ।

    उनले पाँच दिन भारत भ्रमणमा बिताउने छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् ।

    दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

    उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाई गरेका थिए ।

    मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend