एजेन्सी । टर्किको पश्चिमी बन्दरगाह शहर इज्मिरको जंगलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा बिस्थापित भएका छन् ।
कर्सियाका जिल्लामा शुरु भएको आगलागी तेस्रो दिनमा प्रवेश गरेको र आवासीय इलाका र एक औद्योगिक क्षेत्रमा फैलिएको छ । हुर्रियत दैनिकले विस्थापित नागरिकको संख्या ९ सय पुगेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै कुनै मानवीय क्षति नभएको बताइएको छ । कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले आगामी साता धेरै कम आर्द्रता, अत्याधिक हावा र उच्च तापक्रम रहने चेतावनी दिएका छन् ।
सम्भव भएसम्म बन्द क्षेत्र बाहिर आगो बाल्न नहुने सल्लाह दिए । युमाक्लीले शनिबार बिहान घटनास्थलमा पुगेर देशभर ७२ वटा आगलागी भएकोमा ४५ नियन्त्रणमा रहेको र बाँकी २७ वटालाई सम्बोधन गर्ने प्रयास जारी रहेको जानकारी दिए ।