logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल-भारत सम्बन्ध सुधार्न अनुकुल सरकार : पूर्वराजदुत उपाध्याय

    नेपाल-भारत सम्बन्ध सुधार्न अनुकुल सरकार : पूर्वराजदुत उपाध्याय

    245
    Shares
    नेपाल-भारत सम्बन्ध सुधार्न अनुकुल सरकार : पूर्वराजदुत उपाध्याय

    काठमाडौं । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन् ।

    नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताए ।

    पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणाले इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताए । नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको उनले बताए ।

    उनले समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने बताए । उनले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिए । उनले विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताए ।

    उनले सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिए । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend