सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छ : सांसद शेर्पा

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छ : सांसद शेर्पा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताएका हुन् । उनले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताए । उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भइ मुद्दा उठाउनुपर्ने बताए ।

उनले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसुचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए ।

सांसद शेर्पाले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय रुपमा दह्रोसँग उपस्थित हुनेगरी अघि बढ्न जरुरी रहेको बताए । उनले जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend