logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यस्तो छ देशको एक वर्षको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    यस्तो छ देशको एक वर्षको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    315
    Shares
    यस्तो छ देशको एक वर्षको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले एक वर्षको तथ्यांकसहितको उक्त रिपोर्ट आइतबार सार्वजनिक गरेको हो ।

    रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।

    गत आर्थिक वर्षमा शोधनान्तर बचत ५ खर्ब नाघेको छ । एक आर्थिक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नाघेको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो ।

    गत आसारमा अमेरिकी डलरमा शोधनान्तर बचत ३ अर्ब ७७ करोड छ । आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    बैंकका अनुसार एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो ।

    आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

    विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ । यस्तै विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend