बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

टिआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत

टिआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

आईतबार बसेको सभाको बैठकले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो ।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले छलफल गरेका थिए । छलफलसँगै कानूनमन्त्री चौरसियाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए । लगत्तै सभामा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यहरुले राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरे ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ ६ गते बिहीवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend